पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी



हाम्रो इकोनोमि

 

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष नबिलको नाफा ८० करोड रुपैयाँले बढेको छ।

नाफाका आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ थियो।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड रुपैयाँ मात्रै थियो।

समीक्षा अवधिमा १० वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकपछि एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन्।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नाफाका आधारमा बैंकहरूको क्रम (बढीबाट कम)

क्रम बैंकको नाम खुद नाफा
१ नबिल बैंक २ अर्ब ५५ करोड
२ ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड
३ राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड
४ एभरेष्ट बैंक १ अर्ब २५ करोड
५ प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड
६ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब १८ करोड
७ एनएमबि बैंक १ अर्ब १६ करोड
८ कृषि विकास बैंक १ अर्ब ९ करोड
९ कुमारी बैंक १ अर्ब ७ करोड
१० सानिमा बैंक १ अर्ब ५ करोड
११ सिद्धार्थ बैंक ८५ करोड १५ लाख
१२ नेपाल बैंक ८३ करोड २१ लाख
१३ हिमालयन बैंक ६८ करोड ४८ लाख
१४ स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख
१५ लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख
१६ प्रभु बैंक ६४ करोड ७४ लाख
१७ नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख
१८ माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख
१९ एनआइसी एशिया बैंक १२ करोड ७४ लाख
२० सिटिजन्स बैंक १० करोड २७ लाख

 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा पुगेको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकले गत वर्षको ३३ करोड २३ लाख रुपैयाँको तुलनामा यस वर्ष ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। प्रभु बैंकको नाफा ३६ करोड ५७ लाखबाट बढेर ६४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

सिद्धार्थ बैंकले पनि उल्लेख्य सुधार गर्दै गत वर्षको ३२ करोड ४० लाख रुपैयाँबाट नाफा बढाएर ८५ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ । यसरी समीक्षा अवधिमा अधिकांश बैंकले नाफा बढाएका छन् भने केही बैंकको नाफामा सामान्य उतारचढाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...