११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने



हाम्रो इकोनोमि

 

 

ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि ११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साटफेर गर्न पाइने व्यवस्था मिलाएको हो । यसअघि ६ ठाउँबाट ग्यास सिलिन्डर साटफेर गर्न पाइने व्यवस्था गरिएको थियो । आजदेखि भने काठमाडौंको बुढानीलकण्ठ, ललितपुर, कलंकी, खसीबजार र सतुंगल केन्द्र थप गरिएको हो ।

नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धि नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित नरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यास साट्न पाइने व्यवस्था मिलाइएको छ । ग्यास सिलिन्डर बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म साट्न पाइने व्यवस्था गरिएको छ । यसरी ग्यास साटफेर असोज ३० गतेसम्म पाइने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...