कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । खुलातर्फको मतगणनामा पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका हुन्। राणा २ हजार ३३० मतसहित महामन्त्रीमा निर्वाचित भएका छन् ।

महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुन मगरले १ हजार १२५ मत प्राप्त गरेका छन् । त्यस्तै, शंकर तिवारीले १२३ र डा। सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

यस्तै महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी भएकी छन । संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना०ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...