नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने



हाम्रो इकोनोमि

 

 

नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न साधारणसभाले उक्त लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजी करिब २७ अर्ब ५ करोड रुपैयाँका आधारमा प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयरको रकम करिब १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै, १०.८० प्रतिशत नगद लाभांशका लागि करसहित करिब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम छुट्याइएको थियो ।

साधारणसभाले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्ने एजेन्डा राखेको थियो। साथै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन अनुमोदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि सभामा समेटिएका थिए ।

यसैगरी, बैंकको अधिकृत पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन तथा सम्भावित मर्जर तथा एक्विजिसनसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाका एजेन्डामा थिए । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको थियो । सञ्चालक समितिको ७१२औँ बैठकले सुरुमा १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसलाई साधारणसभाबाट अनुमोदन गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...