सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस



हाम्रो इकोनोमि

 

 

चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी बर्खास्त गर्न सिफारिस भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा भएको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार सिफारिसअनुसारको निर्णय प्रक्रियाका लागि गृह मन्त्रालयमा आवश्यक कागजात तयार भइरहेको छ । दाहाललाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

एआईजी दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाताका हुन्। असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए ।

दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचनाहरू फेला परेका थिए ।

त्यस्तै, विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका रहेको आशंकासमेत छानबिनका क्रममा उठेको स्रोतको दाबी छ । छानबिन समितिको सिफारिससँगै दाहालमाथिको विभागीय कारबाही प्रक्रिया निर्णयको चरणमा पुगेको छ । अब बर्खास्तसम्बन्धी सिफारिस कार्यान्वयन हुने वा नहुने भन्ने निर्णय मन्त्रिपरिषद्बाट हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...