पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्ने बताएका छन् । महाधिवेशन मतदानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै थापाले कांग्रेसभित्र देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका हुन् ।

यो महाधिवेशन प्रक्रियामा सहभागी नभएको नेपाली कांग्रेसको देउवा समूहलाई इंगित गर्दै उनले भने, पार्टीका केही साथीहरु हाम्रो प्रोसेसमा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ, नेताहरु हुनुहुन्छ । हामी उहाँहरुलाई समेट्ने कोसिस गर्छौं । कोही पार्टी नै नयाँ खोलेर जान्छु भनेर भन्नुभयो भने त उहाँहरुको च्वाइस हो । तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं ।

उनले जारी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका र पराजित हुनेहरुलाई पनि समेटेर अघि बढ्ने पनि बताए । कांग्रेसका प्रत्येक व्यक्ति ‘इम्पोर्टेन्ट’ (महत्वपूर्ण) भएको बताउँदै थापाले भने, कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कति साथीलाई अरु जिम्मेवारी दिने होला । तर सबैलाई समेटेर लिएर जाने हो ।

आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पुन: निर्वाचित भएको अनुभव थापाले सुनाए । उनले थपे म यही ठाउँमा आएर एकदमै कम मत ल्याएर प्रतिस्पर्धामा हारेको हुँ । फेरि पनि पार्टीमै बसेँ, काम गरेँ, दु:ख गरेँ, अर्को पटक एकदमै धेरै मत ल्याएर निर्वाचित भएँ ।

उनले चुनावी हार र जितलाई सामान्य रूपमा लिनुपर्ने बताए । त्यसैले हार वा जितलाई सामान्य रुपमा ‘निर्वाचनमा विजय–पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन । त्यो त अराजनीतिक चरित्र भइहाल्यो थापाले भने ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...