पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते



हाम्रो इकोनोमि

 

 

 पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । 

आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामै ल्याइएको थियो । बाँकी १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।

अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री छन् । यसैगरी १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...