एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज शपथ लिएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो । वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...