पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा



हाम्रो इकोनोमि

 

 

सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ । विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अुनसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ ।

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ । जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।

केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...