वर्षाले कांग्रेस महाधिवेशन प्रभावित



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ । पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो ।

निर्वाचनस्थल र बन्दसत्रस्थलमा भएका प्रतिनिधिहरु र समर्थकहरु वर्षाले तितरवितर भएका छन् ।निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयअघि मात्रै दाबी विरोध सुरु भएको थियो भने बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

आज बन्दसत्रबाट प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ । यसका साथै निर्वाचन प्रक्रिया पूरा गर्ने र बिहीबार हुने मतदानको तयारी गर्ने कार्यतालिका छन् । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् । यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...