पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ



हाम्रो इकोनोमि

 

 

पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ । पशुपति मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रेम विवाह गरेका ओसीम-प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडिओ बनाएका थिए ।

उनीहरुले बनाएको भिडिओमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । सांसदले नै प्रश्न उठाएपछि कोषले उनीहरुविरुद्ध जाहेरी दिएको हो । घर आएका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको छ ।

अन्सारी दम्पतीले हिजै एक भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरभित्र पस्न नपाएको बताएका थिए । मन्दिरको मूल ढोकाबाट भित्र छिरे तापनि आफूहरूलाई भर्‍याङबाट फर्काइएको उनीहरुको भनाइ छ । प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि देखाउन लगेको उल्लेख गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी-८ कै स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...