वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनबाट आन्तरिक मतभेद समाधान हुने बताएका छन् । उनले आजबाट सुरु हुन लागेको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा उल्लासपूर्ण ढंगले सहभागी हुन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन् । देउवाले सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै आठ दशक लामो इतिहास बोकेको पार्टीको १५ औँ महाधिवेशन निकै महत्वपूर्ण रहने भएकाले नेता कार्यकर्तालाई सहभागी हुन अपिल गरेका हुन् ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान,त्याग र सर्घषलाई थप  मजबुत बनाउन १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ, उनले भनेका छन्, ‘तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु। उनले पार्टीभित्रको मतभेद १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टी अरु मजबुत बनाउने प्रण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...