सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री
सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ । यसका निम्ति छुट्टै अध्ययन गरिँदैछ । सूचना तथा संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे संसदलाई जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन चाहन्छु । यो विषयमा सञ्चार मन्त्रालयले गृहमन्त्रालय र साइबर ब्युरोसँग पनि आवश्यक छलफल, समन्वय र सहकार्य गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा गलत सूचना राख्नेलाई सचेत गराउनुपर्ने, कारबाही गर्नुपर्ने विषय संसद्मा समेत उठेको बताए । चरित्र हत्याको विषयमा अहिले पनि सरकारले काम गरिरहेको बताए । साथै, मन्त्री तिमिल्सिनाले आमसञ्चार ऐन संशोधन विधेयक र प्रेस काउन्सिल नेपाल ऐन संशोधन विधेयक पनि ल्याइँदै गरेको जानकारी गराए ।

