एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उपमहासचिव भट्टराईले केही दिनअघि अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ । त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ । आज बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले योगेशको यो भनाइप्रति असन्तुष्टि जनाए ।

‘हामीमाथिको भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो । तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए । समस्याको सिर्जना हुन थाले । पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो’, उनले आक्रोश पोखे, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश । उनले पार्टीमा भएका नेताहरूले बाहिर गएर बोल्ने छुट नभएको बताए ।

उनले थपे तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस् । तर बाहिर गएर जगँहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन । र यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

विरोधीलाई खेल्ने ठाउँ नदिनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । अनुशासनमा कमजोर भएको पार्टी एमाले बन्दा आफूलाई दुख लागेको बताए । उनले पार्टीलाई अनुशासित, गतिशील र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउने बताए । महाधिवेशनको निर्णयलाई अस्वीकार गर्दै एउटा धक्कालाई लिएर गरेको अराजकता उपयुक्त नहुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...