एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा एकजनालाई बोल्न तीन मिनेट समय पाउने भएका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिने पनि उनले बताए । निर्धातिर समयमा बोल्न नभ्याएका कुरा लिखित रूपमा दिन सकिने बताए। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ ।

अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न निर्देशन दिए । भोलिदेखि बैठक स्थलमा मोबाइल नल्याउन उनको निर्देशन छ । कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने उनले बताएका छन् । बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...