एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा एकजनालाई बोल्न तीन मिनेट समय पाउने भएका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिने पनि उनले बताए । निर्धातिर समयमा बोल्न नभ्याएका कुरा लिखित रूपमा दिन सकिने बताए। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ ।

अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न निर्देशन दिए । भोलिदेखि बैठक स्थलमा मोबाइल नल्याउन उनको निर्देशन छ । कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने उनले बताएका छन् । बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...