लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन् । संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने उनको भनाइ छ । हिजो सर्वोच्च अदालतले संविधान संशोधनका लागि राष्ट्रिय सभामा पनि दुई तिहाइको हुनैपर्ने र प्रतिनिधि सभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

आदेशपछि ज्ञवालीले भनेका छन्, भनेकै थियौँ– संसद् नियमावली मार्फत संविधान संशोधन गर्न मिल्दैन । तर संख्याको दम्भमा संविधानमा छेडखानी गर्न खोज्नु भयो । संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन । लामो सङ्घर्ष र बलिदान तथा दु–दुइटा संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा संशोधन हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...