असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक



हाम्रो इकोनोमि

 

 

 वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बजारमा पर्याप्त तरलता र वित्तीय प्रणालीमा कर्जाको माग सुस्त रहेका कारण अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाउने वा स्थिर राख्ने नीति अपनाएका छन् ।

नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिइरहेका छन् । भने, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याजदर तोकेका हुन् ।
बचत खातामा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले ३.७५ प्रतिशतसम्म ब्याजदर दिएका छन् । कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याज दिइरहेका छन् ।

प्रभु बैंक र नेपाल बैंकले ३.०० प्रतिशत ब्याज दिँदा नबिल, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी, ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याज तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...