असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक



हाम्रो इकोनोमि

 

 

 वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बजारमा पर्याप्त तरलता र वित्तीय प्रणालीमा कर्जाको माग सुस्त रहेका कारण अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाउने वा स्थिर राख्ने नीति अपनाएका छन् ।

नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिइरहेका छन् । भने, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याजदर तोकेका हुन् ।
बचत खातामा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले ३.७५ प्रतिशतसम्म ब्याजदर दिएका छन् । कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याज दिइरहेका छन् ।

प्रभु बैंक र नेपाल बैंकले ३.०० प्रतिशत ब्याज दिँदा नबिल, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी, ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याज तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...