प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम



हाम्रो इकोनोमि

 

 

देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुर्याउने उदेश्यले प्रभु बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत आज देशको सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

यहि क्रममा सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु, बाग्मती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन , कोशी प्रदेशमा विराटनगर शाखा , मधेस प्रदेशमा सिमरा शाखा , गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटबल शाखा , कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रीय कार्यालय सहित बैकका ८ वटा शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हाे । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरु बाट ३२१ पिन्ट रगत संकलन भएको छ ।

यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय र प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकोे थियो ।

त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...