पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा, अधिकार र आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको जानकारी दिएकी हुन् ।

लामो समय मौन बसे पनि अब आफूले कानुनी बाटो रोजेको उनले बताएकी छन् । लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन, उनले लेखेकी छन् । आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु आफ्नो अधिकार भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रञ्जिताले सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौन बसेको बताएकी छन् । विशेषगरी आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीडा भएको उनले उल्लेख गरेकी छन् ।

छोराको बालमनमा बुबाप्रति घृणा उत्पन्न नहोस् भनेर आफूले कहिल्यै विष नघोलेको र उसका प्रश्नहरूको उत्तर दिँदा आफ्ना आँसु लुकाएको रञ्जिताको भनाइ छ । बुबा हुनु केवल सम्बन्धको नाम होइन, यो सन्तानप्रतिको जिम्मेवारी पनि हो, भन्दै उनले अब आफ्नो छोराको भविष्य र आत्मसम्मानका लागि उभिएको बताएकी छन् । आफूले कसैलाई दोषी घोषणा नगरेको र दोषी ठहर गर्ने अधिकार कानुनको भएको पनि उनले बताएकी छन् । कुनै काम कानुनविपरीत भएको रहेछ भने त्यसको परिणाम सामना गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...