पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा, अधिकार र आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको जानकारी दिएकी हुन् ।

लामो समय मौन बसे पनि अब आफूले कानुनी बाटो रोजेको उनले बताएकी छन् । लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन, उनले लेखेकी छन् । आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु आफ्नो अधिकार भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रञ्जिताले सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौन बसेको बताएकी छन् । विशेषगरी आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीडा भएको उनले उल्लेख गरेकी छन् ।

छोराको बालमनमा बुबाप्रति घृणा उत्पन्न नहोस् भनेर आफूले कहिल्यै विष नघोलेको र उसका प्रश्नहरूको उत्तर दिँदा आफ्ना आँसु लुकाएको रञ्जिताको भनाइ छ । बुबा हुनु केवल सम्बन्धको नाम होइन, यो सन्तानप्रतिको जिम्मेवारी पनि हो, भन्दै उनले अब आफ्नो छोराको भविष्य र आत्मसम्मानका लागि उभिएको बताएकी छन् । आफूले कसैलाई दोषी घोषणा नगरेको र दोषी ठहर गर्ने अधिकार कानुनको भएको पनि उनले बताएकी छन् । कुनै काम कानुनविपरीत भएको रहेछ भने त्यसको परिणाम सामना गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...