देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको सो समूहको बैठकले सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको निचोड निकालेको एक नेताले बताए ।

यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो । आफूहरु कुनै पदका लागि नभइ पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको ती नेताले बताए ।

बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए । कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...