प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग



हाम्रो इकोनोमि

 

 

प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सो सहयोग गरेका हुन् ।

बैंकका सञ्चालक तथा कर्मचारीका तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । विपत्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ ।

यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले एक सय थान टेन्ट र एक सय थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...