प्रभु बैंकका दुई शाखा समायोजन हुँदै



हाम्रो इकोनोमि

 

 

 प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई नजिकैका शाखामा समायोजन गर्ने भएको छ। बैंकले काठमाडौंको कालिमाटी शाखा र पर्साको लिङ्करोड वीरगन्ज शाखालाई क्रमशः टेकु तथा वीरगन्ज शाखामा समायोजन गर्न लागेको हो।

बैंकका अनुसार कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ। यी दुई शाखाबीच करिब ३०० मिटरको दूरी रहेको छ। शाखा समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। त्यस्तै, लिङ्करोड वीरगन्ज शाखालाई वीरगन्ज शाखामा समायोजन गरिनेछ। उक्त दुई शाखाबीच करिब १.५ किलोमिटरको दूरी रहेको बैंकले जनाएको छ। समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले दुवै शाखाको समायोजन गरी मंसिर २४ गतेदेखि सम्बन्धित शाखाबाट कारोबार सञ्चालन गर्ने जनाएको छ।

शाखा समायोजनसँगै ती कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्तिसमेत बिक्री गरिने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र आवश्यक निवेदनसहित बैंकको केन्द्रीय कार्यालय बबरमहलमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...