प्रभु बैंकका दुई शाखा समायोजन हुँदै



हाम्रो इकोनोमि

 

 

 प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई नजिकैका शाखामा समायोजन गर्ने भएको छ। बैंकले काठमाडौंको कालिमाटी शाखा र पर्साको लिङ्करोड वीरगन्ज शाखालाई क्रमशः टेकु तथा वीरगन्ज शाखामा समायोजन गर्न लागेको हो।

बैंकका अनुसार कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ। यी दुई शाखाबीच करिब ३०० मिटरको दूरी रहेको छ। शाखा समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। त्यस्तै, लिङ्करोड वीरगन्ज शाखालाई वीरगन्ज शाखामा समायोजन गरिनेछ। उक्त दुई शाखाबीच करिब १.५ किलोमिटरको दूरी रहेको बैंकले जनाएको छ। समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले दुवै शाखाको समायोजन गरी मंसिर २४ गतेदेखि सम्बन्धित शाखाबाट कारोबार सञ्चालन गर्ने जनाएको छ।

शाखा समायोजनसँगै ती कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्तिसमेत बिक्री गरिने बैंकले जनाएको छ। बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र आवश्यक निवेदनसहित बैंकको केन्द्रीय कार्यालय बबरमहलमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...