माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने



हाम्रो इकोनोमि

 

 

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकका अनुसार ३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ र ३ प्रतिशत नगद लाभांशका लागि पनि सोही बराबरको रकम छुट्याइएको छ । नगद लाभांशमा प्रचलित कानुनअनुसार लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ । यसअघि बैंकले वितरण गरेको लाभांशको तुलनामा यस वर्षको प्रस्तावित लाभांशबारे लगानीकर्ताको चासो बढेको छ । अन्तिम लाभांश भने नियामकीय स्वीकृति तथा साधारणसभाको निर्णयपछि तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...