रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते



हाम्रो इकोनोमि

 

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जनाएका छन् । मृतकको पहिचान भइसकेको छैन । उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् ।

दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ९ जना घाइते भएको खबर छ । आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलंगा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...