रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते



हाम्रो इकोनोमि

 

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जनाएका छन् । मृतकको पहिचान भइसकेको छैन । उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् ।

दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ९ जना घाइते भएको खबर छ । आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलंगा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...