एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने



हाम्रो इकोनोमि

 

 

शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ । यसअघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश भइसकेको छ । तर, उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन । बरु, प्रतिवेदनलाई पुनर्लेखन गर्न अध्यक्ष ओलीले संयोजक बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मेवारी तोकेका थिए । बादल र पोखरेलको सहकार्यमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएपछि उत्पन्न विविध प्रतिक्रियाका आधारमा पुनर्लेखन गरिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले नेपाल प्रेसलाई बताएका छन् । सोही प्रतिवेदन भोलिको बैठकमा पेश हुने र छलफल चलाइने उक्त सचिवालयको दाबी छ । यद्यपि, पोखरेलले तयार पारेको प्रतिवेदन पनि पेश हुँदैछ ।

यसबारेमा महासचिव शंकर पोखरेलले आफ्नोसहित सहभागितामा तयार भएको प्रतिवेदन पेश हुने कुरामा कुनै प्रश्न गर्नुपर्ने अवस्था नभएको बताए । बाहिर कसले के भनेको छ भन्ने कुरा थाहा भएन, पार्टीको निर्णय र निर्देशनमा हामीले तयार पारेको प्रतिवेदन पेश हुन्छ, त्यसैमा छलफल पनि हुन्छ’ उनले भने । पोखरेलसमेतको सहभागितामा तयार भएको प्रतिवेदनमा ओलीसहित नेतृत्वको बहिर्गमनलगायतका विषय समेटिएका छन् । उक्त प्रतिवेदन सार्वजनिक भएपछि त्यसलाई अध्यक्ष ओलीका तर्फबाट ‘परिमार्जन’ गरिएको थियो । बादल निकट स्रोतका अनुसार ओलीकै निर्देशनमा परिमार्जित प्रतिवेदन पेश हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...