एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने



हाम्रो इकोनोमि

 

 

शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ । यसअघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश भइसकेको छ । तर, उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन । बरु, प्रतिवेदनलाई पुनर्लेखन गर्न अध्यक्ष ओलीले संयोजक बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मेवारी तोकेका थिए । बादल र पोखरेलको सहकार्यमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएपछि उत्पन्न विविध प्रतिक्रियाका आधारमा पुनर्लेखन गरिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले नेपाल प्रेसलाई बताएका छन् । सोही प्रतिवेदन भोलिको बैठकमा पेश हुने र छलफल चलाइने उक्त सचिवालयको दाबी छ । यद्यपि, पोखरेलले तयार पारेको प्रतिवेदन पनि पेश हुँदैछ ।

यसबारेमा महासचिव शंकर पोखरेलले आफ्नोसहित सहभागितामा तयार भएको प्रतिवेदन पेश हुने कुरामा कुनै प्रश्न गर्नुपर्ने अवस्था नभएको बताए । बाहिर कसले के भनेको छ भन्ने कुरा थाहा भएन, पार्टीको निर्णय र निर्देशनमा हामीले तयार पारेको प्रतिवेदन पेश हुन्छ, त्यसैमा छलफल पनि हुन्छ’ उनले भने । पोखरेलसमेतको सहभागितामा तयार भएको प्रतिवेदनमा ओलीसहित नेतृत्वको बहिर्गमनलगायतका विषय समेटिएका छन् । उक्त प्रतिवेदन सार्वजनिक भएपछि त्यसलाई अध्यक्ष ओलीका तर्फबाट ‘परिमार्जन’ गरिएको थियो । बादल निकट स्रोतका अनुसार ओलीकै निर्देशनमा परिमार्जित प्रतिवेदन पेश हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...