१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार



हाम्रो इकोनोमि

 

 

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ । रसुवामा आएको बाढीका कारण ‘अपर त्रिशूली- ३ए’ जलविद्युत आयोजनामा फसेका दुई जनाको जिवतै उद्दार गरिएको हो । उद्दार गरिएको व्यक्ति ३० वर्षिय सञ्जय साह रहेका छन् । उनी कोइलाडी-८, सप्तरीका हुन् । साह त्रिशूली ३ ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)कारूपमा कार्यरत थिए ।

त्यस्तै, सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जिवतै उद्दार गरिएको छ । उनी बालकुमारी-३, काठमाडौंका हुन् । दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...