३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड



हाम्रो इकोनोमि

 

 

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो रकम सहयोग जुटेको छ । हालसम्म सार्वजनिक विवरणअनुसार ३ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने बैंकहरूमा नविल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंक रहेका छन् ।

नविल बैंकले चौधरी ग्रुपसँगको साझेदारीमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका छन् । प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ भने एभरेष्ट बैंकले कर्मचारीसहितको योगदानबाट ३ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बैंकहरूले यस्तो सहयोग बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि प्रयोग हुने बताएका छन् । ठूलो विपद्का बेला वाणिज्य बैंकहरूले करोडौँ रुपैयाँ सहयोग उपलब्ध गराएसँगै बैंकिङ क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पनि थप महत्वपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...