३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड



हाम्रो इकोनोमि

 

 

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो रकम सहयोग जुटेको छ । हालसम्म सार्वजनिक विवरणअनुसार ३ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने बैंकहरूमा नविल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंक रहेका छन् ।

नविल बैंकले चौधरी ग्रुपसँगको साझेदारीमा १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका छन् । प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ भने एभरेष्ट बैंकले कर्मचारीसहितको योगदानबाट ३ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बैंकहरूले यस्तो सहयोग बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि प्रयोग हुने बताएका छन् । ठूलो विपद्का बेला वाणिज्य बैंकहरूले करोडौँ रुपैयाँ सहयोग उपलब्ध गराएसँगै बैंकिङ क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पनि थप महत्वपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...