४३ अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने ४ को स्थिर रह्यो ।

गत बुधबार गएको भीषण बाढीपछि बजारमा लगातारजसो तीन समूहमा उच्च दबाब परिरहेको छ । यस्तो दबाब पर्ने क्रम आज पनि जारी रह्यो । निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ३.३० र जलविद्युत् समूह २.९४ प्रतिशत घटे । बाढीपछि यी तीन समूह नै बजारमा अत्याधिक दबाबमा परिरहेका छन् ।

बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना अत्याधिक प्रभावित भएका छन् । त्यस्तै सवारीसाधन, घर, जलविद्युत् आयोजनाको बीमा रकम भुक्तानी गर्नुपर्ने भएपछि निर्जीवन बीमा र अन्य समूह बढी प्रभावित भएका हुन् । अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि पर्दछन् ।

यी तीन समूहका अलवा आज बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४ र व्यापार १.११ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढ्यो । बाढीपछिको पुनर्निर्माणका लागि सिमेन्टको खपत बढ्ने अनुमानका बीच सिमेन्ट कम्पनीहरुमा आज सकारात्मक प्रभाव देखियो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशत बढ्यो । त्यस्तै घोराही सिमेन्टको ७.५७, पाल्पा सिमेन्टको ४.०३, एसवाई प्यानलको ३.९१ प्रतिशत मूल्य बढ्यो । त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य १४.९८, रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९, माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर तथा एसवाई प्यानल क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...