नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित



हाम्रो इकोनोमि

 

 

 भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । नदी किनारमा रहेका सुन्दर शहर, बस्ती र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू बाढीको चपेटामा परेर तहसनहस भएका छन् ।

त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ । स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन् । बाढीको वेगबाट जोगिएर कुनै तरहले उभिएका भवनहरूको मुनि पनि अहिले जमिन छैन, कटानले गर्दा केवल उराठलाग्दो बगर मात्रै बाँकी छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार, यो बाढीका कारण नुवाकोट जिल्लामा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित भएका छन् । आफ्नो सर्वस्व गुमाएका यी हजारौँ परिवारहरू अहिले सुरक्षित आश्रयस्थल र राहतको पर्खाइमा छन् ।

बाढी र कटानले स्थलगत आवागमन असहज भएपछि अलपत्र परेका नागरिकको उद्धारका लागि आकाशमार्गको प्रयोग भइरहेको छ । विदुर नगरपालिका वडा नम्बर ४, दम्कीमा रहेको नेपाली सेनाको मैथली ब्यारेकलाई उद्धारको मुख्य केन्द्र बनाइएको छ ।

फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न अहिले एक दर्जनभन्दा बढी हेलिकप्टरहरू निरन्तर परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...