नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित



हाम्रो इकोनोमि

 

 

 भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । नदी किनारमा रहेका सुन्दर शहर, बस्ती र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू बाढीको चपेटामा परेर तहसनहस भएका छन् ।

त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ । स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन् । बाढीको वेगबाट जोगिएर कुनै तरहले उभिएका भवनहरूको मुनि पनि अहिले जमिन छैन, कटानले गर्दा केवल उराठलाग्दो बगर मात्रै बाँकी छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार, यो बाढीका कारण नुवाकोट जिल्लामा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित भएका छन् । आफ्नो सर्वस्व गुमाएका यी हजारौँ परिवारहरू अहिले सुरक्षित आश्रयस्थल र राहतको पर्खाइमा छन् ।

बाढी र कटानले स्थलगत आवागमन असहज भएपछि अलपत्र परेका नागरिकको उद्धारका लागि आकाशमार्गको प्रयोग भइरहेको छ । विदुर नगरपालिका वडा नम्बर ४, दम्कीमा रहेको नेपाली सेनाको मैथली ब्यारेकलाई उद्धारको मुख्य केन्द्र बनाइएको छ ।

फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्न अहिले एक दर्जनभन्दा बढी हेलिकप्टरहरू निरन्तर परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...