धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता



हाम्रो इकोनोमि

 

रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् । बुधबार बिहानदेखि सम्पर्कविहीन उनीहरूका कारण नीलकण्ठ नगरपालिका–९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलमा गहिरो सन्नाटा छाएको छ ।

धादिङबेँसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस र चालकसहित यात्रुहरू नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएका हुन् । बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए ।

पारिवारिक स्रोतका अनुसार बस बुधबार बिहान करिब ९:१५ बजे बेत्रावती पुगेको जानकारी प्राप्त भएको थियो । त्यसपछि तिब्बती क्षेत्रबाट भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।

सम्पर्कविहीन तीर्थयात्रीहरू

नीलकण्ठ नगरपालिका–१२

· छविलाल श्रेष्ठ (बस चालक)

· दयाराम लम्साल र सीता लम्साल

· ठाकुर लम्साल र शारदा लम्साल

· प्रकाश लम्साल र इन्दिरा लम्साल

नीलकण्ठ नगरपालिका–९

· राम लम्साल र जानुका लम्साल

· कृष्णप्रसाद खनाल र राधिका खनाल

· रामचन्द्र खनाल र भगवती खनाल

· शिवहरि लम्साल र गायत्री लम्साल

· नारायणप्रसाद लम्साल र सीता लम्साल

· राजन लम्साल र न्याउरी लम्साल

सिद्धलेक गाउँपालिका–१

· हरिप्रसाद सिलवाल र बिन्दा सिलवाल

· घनश्याम भट्ट र कल्पना भट्ट

नीलकण्ठ नगरपालिका–३

· सीता तिवारी

· तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिना

यसै तीर्थयात्रामा काठमाडौंबाट गएका नीलकण्ठ–९ का गुणनिधि सुवेदी (सीताराम) र उनकी श्रीमती पनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। त्यस्तै, छोराबुहारीसहित रामहरि सुवेदी र उनकी श्रीमती गरी परिवारका चारै जना बेपत्ता छन् ।

गोसाइँकुण्डको दर्शन गर्न श्रद्धा बोकेर घरबाट निस्किएका उनीहरू अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन । तीर्थयात्राको उत्साह बोकेर छुटेका घरहरूमा अहिले रुवाबासी छ । 

आफन्तहरू खोजी तथा उद्धारको खबरको प्रतीक्षामा छन् । छिमेकीहरू पनि उनीहरूको घरआँगनमै बसेर एकअर्कालाई ढाडस दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...