भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने



हाम्रो इकोनोमि

 

 

 रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीले बाढीपीडितका लागि सहयोगको हात अघि बढाएका छन् । बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित १५ लाख ७२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

प्राकृतिक विपत्तिका बेला सरकारी निकायले औपचारिक जिम्मेवारी पूरा गर्ने मात्रै नभई आफ्ना कर्मचारीमार्फत समेत पीडित नागरिकको दुःखमा साथ दिन सकिन्छ भन्ने सन्देश बुढानीलकण्ठको यो निर्णयले दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयोजनमा बुधबार बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

विशेषगरी कर्मचारीको तर्फबाट संकलित रकम उद्धार कोषमा जम्मा गर्ने निर्णय स्थानीय तहभित्रको मानवीय सहकार्यको उदाहरणका रूपमा देखिएको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिक तत्काल राहत, उद्धार र पुनर्स्थापनाको पर्खाइमा रहेका बेला बुढानीलकण्ठले देखाएको यो अग्रसरताले अन्य स्थानीय तहलाई समेत विपद्को समयमा आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोगका लागि अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले रकम संकलन गरेर कोषमा जम्मा गर्ने निर्णयसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाले विपद्को समयमा नागरिकको जीवनरक्षा, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोगका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

बुढानीलकण्ठका चार निर्णय

नगरपालिकाको निर्णयअनुसार बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनालाई लक्षित गर्दै निम्न चार महत्वपूर्ण निर्णय भएका छन्–

१. कर्मचारीबाट संकलित १५ लाख ७२ हजार रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रु. १५ लाख ७२ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

२. रकम तत्काल उद्धार कोषमा पठाउने प्रक्रिया अघि बढाउने

निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न नगरपालिकाको आर्थिक प्रशासन महाशाखाले प्रचलित कानुन तथा स्वीकृत प्रक्रियाबमोजिम तत्काल आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

३. राहत र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने

विपद्को अवस्थामा प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ ।

४. बुढानीलकण्ठ नगर अस्पतालको र्‍यापिड रेस्पोन्स मेडिकल टिम परिचालन गर्ने

विपद् प्रभावित क्षेत्रमा आवश्यक परेको समयमा बुढानीलकण्ठ नगर अस्पतालको यापिड रेस्पोन्स मेडिकल टिम (RRT) लाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...