ललितपुरको हात्तिवनमा चल्यो डोजर



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा डोजर चलाएको छ । शुक्रबार काठमाडौं उपत्यका बिकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइनका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो । करिव १२ वर्षपछि अतिक्रमित गरि बनाएका संरचना हटाउन सफल भएको भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए।

भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो । आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो । तर सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...