रास्वपाले अख्तियारलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको ज्ञानेन्द्र शाहीको आरोप



हाम्रो इकोनोमि

 

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियारमाथि प्रश्नैप्रश्न गरेका छन् । राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको भन्दै अख्तियारको भूमिकामाथि प्रश्न उठाए । उनले अख्तियार अनुसन्धान आयोगले माओवादीको लडाकु शिविर, गिरिबन्धु टी इस्टेट प्रकरण, तारागाउँ जग्गा शेयर प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, ओम्नी घोटाला र एनसेल काण्डको मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।

उनले १८२ सीट जितेर आएको रास्वपा सरकारले पनि सुशासनको पक्षका काम गर्न नसकेको आरोप लगाए । उनले पहिलाका कांग्रेस–एमालेले अख्तियारमा पार्टीका कार्यकर्ता भर्ती गरेजसरी अहिले रास्वपाले पनि गर्न खोजेको बताए । उनले संवैधानिक परिषद्मा पार्टीका कार्यकर्ता भएकाले नियुक्ति प्रक्रियामा परिवर्तन गर्नको लागि संविधान संशोधन गर्न चाहे सरकारलाई साथ दिने बताए ।

उनले भने अख्तियार अनुसन्धान आयोगका आयुक्त र प्रमुख आयुक्त हुने व्यवस्था संवैधानिक परिषद्बाट होइन कि खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था गरौँ न । त्यसपछि काम हुन्छ कि हुँदैन ? यो एउटा परिवर्तन गरौँ । सत्तापक्षले कुरा गर्नुभन्दा ड्राफ्ट बनाएर लिएर आउनुस्, हामी संसद्मा दुई–तिहाइ बहुमतका साथ यसलाई पारित गरिदिन्छौँ । उनले मन्त्रिपरिषद्का निर्णयमा अख्तियार नलाग्ने व्यवस्था हटाउन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...