रास्वपाले अख्तियारलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको ज्ञानेन्द्र शाहीको आरोप



हाम्रो इकोनोमि

 

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियारमाथि प्रश्नैप्रश्न गरेका छन् । राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको भन्दै अख्तियारको भूमिकामाथि प्रश्न उठाए । उनले अख्तियार अनुसन्धान आयोगले माओवादीको लडाकु शिविर, गिरिबन्धु टी इस्टेट प्रकरण, तारागाउँ जग्गा शेयर प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, ओम्नी घोटाला र एनसेल काण्डको मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।

उनले १८२ सीट जितेर आएको रास्वपा सरकारले पनि सुशासनको पक्षका काम गर्न नसकेको आरोप लगाए । उनले पहिलाका कांग्रेस–एमालेले अख्तियारमा पार्टीका कार्यकर्ता भर्ती गरेजसरी अहिले रास्वपाले पनि गर्न खोजेको बताए । उनले संवैधानिक परिषद्मा पार्टीका कार्यकर्ता भएकाले नियुक्ति प्रक्रियामा परिवर्तन गर्नको लागि संविधान संशोधन गर्न चाहे सरकारलाई साथ दिने बताए ।

उनले भने अख्तियार अनुसन्धान आयोगका आयुक्त र प्रमुख आयुक्त हुने व्यवस्था संवैधानिक परिषद्बाट होइन कि खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था गरौँ न । त्यसपछि काम हुन्छ कि हुँदैन ? यो एउटा परिवर्तन गरौँ । सत्तापक्षले कुरा गर्नुभन्दा ड्राफ्ट बनाएर लिएर आउनुस्, हामी संसद्मा दुई–तिहाइ बहुमतका साथ यसलाई पारित गरिदिन्छौँ । उनले मन्त्रिपरिषद्का निर्णयमा अख्तियार नलाग्ने व्यवस्था हटाउन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...