प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट



हाम्रो इकोनोमि

 

 

प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन, कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससः त्वाका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारी तथा वैध परिचयपत्र भएका ग्राहकले ससः त्वामा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने बताइएको छ । बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६५ एटिएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्पmत सेवाप्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...