प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने



हाम्रो इकोनोमि

 

 

प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम लोन र अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई सहज, छिटो र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

योजनाअन्तर्गत होम लोनमा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ । बैंकका अनुसार कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर एभरेज बेसरेटमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ।

घर वा अपार्टमेन्ट खरिद, नयाँ घर निर्माण, घर मर्मतसम्भार तथा घर निर्माणका लागि जग्गा खरिद गर्न इच्छुक ग्राहकले यो सुविधा लिन सक्नेछन् । बैंकका अनुसार होम लोन योजना देशभरका ३०० शाखामार्फत उपलब्ध हुनेछ ।

त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी अटो लोन पनि ल्याइएको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्म कर्जा लिन सकिनेछ। अटो लोनमा पनि कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर एभरेज बेसरेटमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको अवस्थामा दुई कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले सवारी साधन खरिदको प्रक्रिया थप छिटो र सहज हुने बैंकको अपेक्षा छ । ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको प्रभु बैंकले जनाएको छ । योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको प्रभु बैंक शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्  ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...