प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने



हाम्रो इकोनोमि

 

 

प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम लोन र अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई सहज, छिटो र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

योजनाअन्तर्गत होम लोनमा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ । बैंकका अनुसार कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर एभरेज बेसरेटमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ।

घर वा अपार्टमेन्ट खरिद, नयाँ घर निर्माण, घर मर्मतसम्भार तथा घर निर्माणका लागि जग्गा खरिद गर्न इच्छुक ग्राहकले यो सुविधा लिन सक्नेछन् । बैंकका अनुसार होम लोन योजना देशभरका ३०० शाखामार्फत उपलब्ध हुनेछ ।

त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी अटो लोन पनि ल्याइएको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्म कर्जा लिन सकिनेछ। अटो लोनमा पनि कर्जा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर एभरेज बेसरेटमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको अवस्थामा दुई कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले सवारी साधन खरिदको प्रक्रिया थप छिटो र सहज हुने बैंकको अपेक्षा छ । ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको प्रभु बैंकले जनाएको छ । योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको प्रभु बैंक शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्  ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...