हाम्रा सांसदहरूको हस्ताक्षरलाई मान्यता नदिनू : राप्रपा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन रहेको भनी बाहिरिएका समाचारहरूको खण्डन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति रहेको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो । राप्रपाको गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि ‘गणितीय चलखेल’ मा सहभागी नहुने निर्णय गरेको थियो । पार्टीले भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको थियो ।

तर, पार्टीको उक्त निर्देशन विपरीत संसदीय दलका नेताले सरकार निर्माणमा समर्थन दिएको र हस्ताक्षर सार्वजनिक गरेको भन्दै राप्रपाले यसलाई गम्भीर अनुशासन उल्लंघन ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, पार्टीको निर्देशन विपरीत संसदीय दलको नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन हो, यसबारे पार्टीको अनुशासन समितिले आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको छ ।

राप्रपाले बागमती प्रदेशमा सरकार निर्माणका लागि आफ्ना सांसदहरूको समर्थन रहेको भनी प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीले उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गर्दै पत्राचार समेत गरिसकेको जानकारी दिएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय र नीतिबारे कुनै भ्रममा नपर्न स्वदेश तथा विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक र आम जनसमुदायलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...