पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै  केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए ।

साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका छन् । उनको स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता पुगेका थिए । चुनावअघि देउवा सिंगापुर गएका थिए । देउवा फर्केको एकदिन पछि संस्थापनइतरले तीन दिने राष्ट्रिय भेला बोलाएको छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको  पूर्व आदेशमा पुनरावलोकन गर्न दिएको निवेदनमा अदालतले निस्सा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...