पार्टी एकताका लागि देउवाको आव्हान



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले एकताको आह्वान गरेका हुन् । आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका छन् । कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताए। उनले पार्टीभित्र देखिएका असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ । तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुभेच्छुक, समर्थक मतदातालगायत काम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो । सोही नीति अनुसार सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गर्न चाहन्छु । कांग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । उनले आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारेका छन् ।

वि.सं. २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग उल्लेख गर्दै उनले वर्तमान समयमा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् । उनले भनेका छन्, म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु । उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...