बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ । करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन् । इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन् ।

देउवाको स्वागतमा अन्य नेता कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुनेछन् । स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ । देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...