बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ । करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन् । इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन् ।

देउवाको स्वागतमा अन्य नेता कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुनेछन् । स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ । देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...