ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन



हाम्रो इकोनोमि

 

 

नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा प्रक्रियालाई थप सहज र छिटो बनाउँदै ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्ने बैकले जनाएको छ ।

जसअनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुने बैकले जनाएको छ ।  साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको बैकले जनाएको छ । ३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुने बैकले जनाएको छ ।अझ विशेष कुरा, कर्जाका लागि बैंकसम्म पुगिरहनु पर्दैन ।

नाइमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाको आवेदन दिन सकिने बैकले जनाएको छ ।  आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनमै कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको बैकले जनाएको छ ।  त्यसैले, नयाँ गाडी वा इभी खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ भने नाइमा अटो एक्सपोमा रहेको ग्लोबल आइएमई बैंकको स्टल (S1)मा पुग्नुहोस् र सहज तथा छिटो अटो लोनको सुविधा लिन बैकले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...