ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन



हाम्रो इकोनोमि

 

 

नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा प्रक्रियालाई थप सहज र छिटो बनाउँदै ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्ने बैकले जनाएको छ ।

जसअनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुने बैकले जनाएको छ ।  साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको बैकले जनाएको छ । ३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुने बैकले जनाएको छ ।अझ विशेष कुरा, कर्जाका लागि बैंकसम्म पुगिरहनु पर्दैन ।

नाइमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाको आवेदन दिन सकिने बैकले जनाएको छ ।  आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनमै कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको बैकले जनाएको छ ।  त्यसैले, नयाँ गाडी वा इभी खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ भने नाइमा अटो एक्सपोमा रहेको ग्लोबल आइएमई बैंकको स्टल (S1)मा पुग्नुहोस् र सहज तथा छिटो अटो लोनको सुविधा लिन बैकले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...