नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु



हाम्रो इकोनोमि

 

 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पो शुभारम्भ गरे । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडल नयाँ सवारी सार्वजनिक गरिनेछन् । एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले दोस्रो संस्करणको एक्स्पो गरेको हो ।

एक्स्पोमा विभिन्न थरिका चार पाँग्रे तथा दुईपांग्रे सवारीसाधन राखिएको छ । हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङजस्ता चार पांग्रे सवारीसाधनको सहभागिता रहेको छ ।

त्यस्तै दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजोरबगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोरसीएक्स ब्राण्ड रहेका छन् । नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २ सय रूपैयाँ टिकट शुल्क राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...