देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने



हाम्रो इकोनोमि

 

 

करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले बताए । देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन् । उनले भने, हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो । संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ । उनले देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता एयरपोर्टमा उपस्थित हुने अनुमान गरेको बताए ।

उनले थपे, हामी छलफलमा छौँ । आज पनि भेला आयोजक समितिको बैठक बस्दै छ । समय बाँकी नै छ । हामीले उहाँको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरेका छौँ । ८२ फागुन १३ गते सिंगापुर उडेका देउवा राष्ट्रिय भेलाको छेको पारेर काठमाडौं फर्किन लागेका हुन् । आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि यो समूह हौसिएको छ । देउवा समूह भेलाको तयारीमा केन्द्रित हुँदा संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा जुटेको छ । थप निर्णयको लागि दुई दिनदेखि केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...