देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने



हाम्रो इकोनोमि

 

 

करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले बताए । देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन् । उनले भने, हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो । संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ । उनले देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता एयरपोर्टमा उपस्थित हुने अनुमान गरेको बताए ।

उनले थपे, हामी छलफलमा छौँ । आज पनि भेला आयोजक समितिको बैठक बस्दै छ । समय बाँकी नै छ । हामीले उहाँको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरेका छौँ । ८२ फागुन १३ गते सिंगापुर उडेका देउवा राष्ट्रिय भेलाको छेको पारेर काठमाडौं फर्किन लागेका हुन् । आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि यो समूह हौसिएको छ । देउवा समूह भेलाको तयारीमा केन्द्रित हुँदा संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा जुटेको छ । थप निर्णयको लागि दुई दिनदेखि केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...