गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग मित लगाएको आरोप लगाएका छन् । कांग्रेसको सिन्धु काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै विगतको चुनावमा काठमाडौं ४ मा रास्वपाकै सहयोगमा गगनले चुनाव जितेको दाबी गरे । उनले भने नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो ।

चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो । होइन भन्ने कोही छ त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान् । उनले आफूहरूले धोई पखाली गरेर फेरि इमानदार, सक्षम कांग्रेस बनाउने खोजेको बताए । उनले भने, मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ । यो बकवास गरेर दुई चार दिनको लागि चटक देखाउने कांग्रेस होइन । मुलुक र जनता र प्रजातन्त्रको लागि सधैँ लड्ने कांग्रेस हो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...