क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट



हाम्रो इकोनोमि

 

 

नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा विकास गर्दै आएको हाँडी बिरयानी (Haadi Biryani) का सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित अमेरिकी दूतावास उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये पर्न सफल भएका छ ।

काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा नेपालले हाँडी बिरयानीको ब्रान्ड विकास, सेवा प्रणाली, डिजिटल बजार रणनीति, कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक पहुँच तथा फ्रेन्चाइज मोडलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए । देशभरबाट कार्यक्रमका लागि ८०० भन्दा बढी आवेदन प्राप्त भएका थिए ।

तीमध्ये सातै प्रदेश समेट्ने गरी नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रमका लागि २०० भन्दा बढी उद्यमी छनोट गरी प्रशिक्षण प्रदान गरेको जनाएको छ ।  व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनालगायत आधारमा गरिएको अत्यन्त प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट केवल २० उद्यमी काठमाडौंमा आयोजित क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...