तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताएका छन् । तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए ।

उनले १५ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उनले बताए । थापाले भने तर एउटा कुरा के प्रष्ट पार्छु भने,म तर्साएर तर्सिन्नँ,दबाएर दबिन्नँ र फकाएर फकिन्नँ । यो पार्टीमा ४ पुस्ताको सहभागिता छ,सबैलाई समेटेर लैजानुछ । सभापति थापाले गत चुनावमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता कार्यकर्ताले रुखमा मत नहालेको भन्दै यो विषय नोटिसमा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...