तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताएका छन् । तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए ।

उनले १५ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उनले बताए । थापाले भने तर एउटा कुरा के प्रष्ट पार्छु भने,म तर्साएर तर्सिन्नँ,दबाएर दबिन्नँ र फकाएर फकिन्नँ । यो पार्टीमा ४ पुस्ताको सहभागिता छ,सबैलाई समेटेर लैजानुछ । सभापति थापाले गत चुनावमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता कार्यकर्ताले रुखमा मत नहालेको भन्दै यो विषय नोटिसमा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...