कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा समूह उत्साहित भएको छ । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता पाएपछि पार्टी विभाजनको तयारीमा रहेको देउवा तत्काललाई रोकिएको छ ।

हिजो प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ फैसला पुनरावलोकनको आदेश दिएको थियो । सर्वोच्चको यो निर्णयपछि कांग्रेसको विवाद फेरि सर्वोच्चतिरै फर्किएको छ । यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्चले फैसला दिएपनि देउवा समूहले साउन २९ गतेको राष्ट्रिय भेला नरोक्ने भएको छ ।

अब सर्वोच्चले गगन समूहलाई आधिकारिकता दिएको फैसला कायम राख्ने वा देउवा समूहलाई आधिकारिकता दिनेमध्ये एक फैसला गर्नेछ । तर, गगन समूहले आफूहरूले पाएको आधिकारिकता नै कायम रहने दाबी गर्दै आएको छ । सर्वोच्चले यसअघिको फैसलामा त्रुटि भएकै कारणले अहिले पुनरावलोकन गर्ने अनुमति दिएको नेता डा.प्रकाशशरण महतले बताए । अब सर्वोच्चको आदेश नआएसम्म पर्ख र हेरको अवस्थामा आफूहरू रहने बताए ।

उनले भेलाको तयारी भइसकेकाले नरोक्ने समेत बताए। उनले भने, भेला हुन्छ । कांग्रेसको यो स्थिति किन आयो ? अब कसरी अगाडि बढाउनुपर्छ ? विधान कस्तो हुनुपर्छ ? सङ्गठन कसरी चल्नुपर्छ ? आर्थिक नीति के हुनुपर्छ ? राजनीतिक दृष्टिकोण परिमार्जनलगायतको विषयमा छलफल गर्छौँ ।

महतले आफूहरू अझै एकताकै पक्षमा रहेको बताए । उनले थपे, भेला पार्टी विभाजनको लागि राखेका थिएनौँ । हाम्रो कोसिस एकता नै हो । तर केही गरी भएन भने अर्को बाटो लिनुपर्ने हुन सक्छ भन्ने मात्रै थियो । अब हाम्रो पक्षमा पनि एउटा सुनुवाइ हुनसक्ने अवस्था भएकाले अहिले त्यो बाटोमा तत्काल जानुपरेन ।

आदेश जसको पक्षमा आएपनि एकताबद्ध भएर जानुपर्ने बताउँदै उनले भने, हामी एकता नै गरेर जानुपर्छ भन्ने पक्षमा छौँ । उताबाट रेस्पोन्स गरेन भन्ने हाम्रो भनाइ थियो । हाम्रो पक्षमा निर्णय भोलि भएको अवस्थामा पनि हामीले मिलेरै जानुपर्छ । अदालतबाट अन्तिम फैसला आउन समय लाग्ने भएपनि तत्काल संस्थापन पक्षसँग संवाद नहुने उनको भनाइ छ ।

महतले भने, अहिले हामी भेलामा केन्द्रित छौँ । त्यसपछि एउटा विचार विमर्श हुनसक्छ । उनका अनुसार अहिले हङकङमा रहेका पूर्वसभापति देउवा पनि भेलामा सहभागी हुनेछन् । उनले थपे हामीले उहाँलाई पनि भेलामा निमन्त्रण गरेका छौँ । भेलाअघि २६ गते उहाँ आइपुग्नुहुन्छ । भेलामा पनि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...