मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालनका सन्दर्भमा केन्द्रबाट भएको सहमति र पार्टी अध्यक्षको निर्देशनलाई अक्षरशस् कार्यान्वयन गरिने बताएका छन् । पछिल्लो समय कोशी प्रदेश सरकार र पार्टीभित्र देखिएका विवादका बारेमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वनजिक गरेका हुन् ।

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्न राई अतिरिक्त सक्रिय रहेको आरोप लाग्दै आएको छ । राईले भने यसलाई अफवाहको संज्ञा दिएका छन् । गएको साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन र नेतृत्वका सवालमा भएको तीनबुँदे सहमतिलाई कार्यान्वयन गर्नु दुवै पार्टीको अनिवार्य कर्तव्य भएको राईको भनाइ छ । उक्त सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू (इन्चार्ज), प्रदेश कमिटी र मुख्यमन्त्रीलाई स्पष्ट निर्देशन दिएको उनले बताएका छन् ।

नेता राईले सहमति कार्यान्वयन गर्ने क्रममा केही प्राविधिक वा आन्तरिक गाँठो परेको कुरा स्वीकारेका छन् । सहमति कार्यान्वयन गर्ने कुरामा केही गाँठो परेको साँचो हो, तर त्यो बाहिर ल्याउने विषय थिएन उनले लेखेका छन्, मुख्यमन्त्रीज्यू आफैँले अध्यक्षलाई भेटेर गाँठो फुकाउने जिम्मा लिन्छु भन्नुभएको हो र हिजोको भेट र निर्देशनपछि उहाँले त्यो गाँठो फुकाउनुहुनेछ भन्ने पार्टीको अपेक्षा छ । अध्यक्ष ओलीले इन्चार्ज र प्रदेश पदाधिकारीलाई छलफलका लागि गुण्डु बोलाएको भन्ने चर्चालाई भने उनले खण्डन गरेका छन् । अन्य कामले काठमाडौँ गएका बेला अध्यक्षसँग भेट भएको र त्यहाँ मुख्यमन्त्रीको उपस्थितिमा सााक्षी बसेर कुरा भएको उन स्पष्टोक्ति छ ।

मुख्यमन्त्री फेर्ने कुरा प्रदेश इन्चार्जको निजी चाहना भएको र आफूले हस्ताक्षर अभियान चलाएको भन्ने चर्चालाई राईले वाहियात हल्ला र सफेद झूट भनेका छन् । मुख्यमन्त्री फेर्ने कुरा मेरो निजी चाहना हो भन्नु गैरजिम्मेवार कुरा हो, उनले लेखेका छन्, मैले पार्टीको नीति, विधि र पद्धतिको उल्लंघन गर्न जानेको छैन र व्यक्तिगत स्वार्थमा रमाउन पनि सिकेको छैन । आफू कोशी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा पार्टी नेतृत्वको निर्देशन पाउने बित्तिकै तत्कालै पद हस्तान्तरण गरेको उनले स्मरण गराएका छन् । ‘पार्टीले अर्को नेतालाई हस्तान्तरण गर्नुस् भन्ने बित्तिकै मैले हाँसीखुसी जिम्मेवारी सुम्पेको थिएँ, म इमान र निष्ठाको राजनीतिमा विश्वास गर्छु, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...