ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)



हाम्रो इकोनोमि

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार  जिल्ला दोलखा सैलुङ गा.पा. घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४० कि जेनिशा लामाको  मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

एसपी मिश्रका अनुसार बा २ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ ।

 

बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते

१. जिल्ला रामेछाप घर भई हाल  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था -गम्भीर घाइते शरीरको भित्री भागमा चोट ।

२. जिल्ला कञ्चनपुर घर भई हाल  भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक ।  अवस्था- सामान्य

३. जिल्ला भक्तपुर भर भई बस्ने वर्ष ४० कि कविता कार्की अवस्था- टाउकोमा चोट

४.  जिल्ला दोलखा सैलुङ गा.पा. घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४० कि जेनिशा लामा अवस्थाः-  (मृत्यु)

५. जिल्ला सिन्धुली मरिन गा.पा. ३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ । अवस्थाः- बायाँ खुट्टामा समान्य चोट ।

६. जिल्ला भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ अवस्था –   बाँया हात र कम्मरमा सामन्य चोट

७. जिल्ला भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४कि रशिला दुलाल ।   अवस्थाः-  सामन्य कम्मरमा चोट ।

८. जिल्ला भक्तपुर सरस्वतीखेल ६ वस्ने वर्ष ६० को कृष्णराम थापा  । (सह-चालक) अवस्थाः-  बाँया खुट्टा फ्याक्चर गम्भिर

९. जिल्ला काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल  बस्ने वर्ष ४१ को अमृता कार्की । अवस्थाः-  दाया हातको पाखुरा र दाया कम्मरमा समान्य चोट ।

१० जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. । अवस्थाः- टाउकोमा समान्य चोट ।

 

गोलोबल हस्पिटलमा रहेका घाइते 

१. जिल्ला दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।

२. जिल्ला सिन्धुली घर भई  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष १९ को भगवती खत्री  ।

३. जिल्ला भक्तपुर मिलनचोक घर भई   बस्ने वर्ष ४७ कि भगवती खत्री  ।

४. जिल्ला भक्तपुर  घर भई   बस्ने वर्ष २८ कि जुनु सिल्पकार  ।

५. जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने    वर्ष ४९ कि तुल्सी देवी खड्का  ।

६. जिल्ला मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २१ कि अन्जु  साह  ।

७. जिल्ला कठमाडौं ठमेल घर भई सुर्यबिनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ

८. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।

९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...