लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक



हाम्रो इकोनोमि

 

 

बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा झरेको छ। नीतिगत दर, स्प्रेड दर र बैंकहरूको पूँजी पर्याप्तताको अवस्था पनि सहज छ। तर, यति अनुकूल अवस्था हुँदाहुँदै पनि कर्जाको माग भने अपेक्षाअनुसार बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले यसको मुख्य कारण ब्याजदर नभई कमजोर लगानी वातावरण र उद्योगी–व्यवसायीमा देखिएको आत्मविश्वासको कमी भएको निष्कर्ष निकालेका छन्।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा कार्यकारी निर्देशकहरूले कर्जा विस्तार र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिभन्दा बाहिरका नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको धारणा राखेका हुन्। उनीहरूले उद्योग, व्यापार र निजी लगानीलाई प्रोत्साहन गर्ने वातावरण नबनेसम्म बैंकमा रहेको तरलता वास्तविक अर्थतन्त्रमा पुग्न नसक्ने बताएका थिए।

अर्थमन्त्रीले उद्योगी–व्यवसायी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छुट्टाछुट्टै छलफल गरेपछि केन्द्रीय बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशकसँग छलफल गरेका थिए। अर्थतन्त्रको पछिल्लो अवस्था, राष्ट्र बैंकका विभिन्न विभागले गरिरहेका काम तथा कर्जा विस्तारमा देखिएका अवरोधबारे प्रत्यक्ष जानकारी लिन अर्थमन्त्रीले उनीहरूलाई बोलाएको सहभागीहरूले बताएका छन्।

छलफलमा अर्थमन्त्रीले बैंकिङ प्रणालीमा प्रचुर तरलता, न्यून नीतिगत ब्याजदर, साँघुरो स्प्रेड दर र पर्याप्त पूँजीको अवस्था हुँदाहुँदै पनि कर्जा किन बढ्न नसकेको भन्ने विषयमा कार्यकारी निर्देशकहरूको धारणा मागेका थिए। साथै, अर्थतन्त्रलाई गति दिन के–कस्ता नीतिगत सुधार आवश्यक छन्, राष्ट्र बैंकका विभागहरूले के–कस्ता काम गरिरहेका छन् र अब थप के गर्न सकिन्छ भन्ने विषयमा पनि सुझाव मागेका थिए।

जवाफमा अधिकांश कार्यकारी निर्देशकहरूले अहिलेको मुख्य समस्या ब्याजदर नभई लगानी गर्ने वातावरण कमजोर हुनु रहेको बताएका थिए। उद्योगी–व्यवसायी नयाँ लगानी विस्तार गर्न हिच्किचाइरहेका, बजारमा माग अपेक्षाअनुसार नबढेको तथा नीतिगत अन्योलका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेकाले कर्जाको माग स्वाभाविक रूपमा घटेको उनीहरूको निष्कर्ष थियो।

उनीहरूले ब्याजदर घट्दैमा कर्जाको माग स्वतः बढ्ने धारणा सही नभएको पनि बताएका थिए। कर्जा विस्तारका लागि नीतिगत स्थायित्व, निर्णय प्रक्रियामा छिटोपना, लगानीकर्तामा विश्वासको वातावरण र व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक समस्या समाधान आवश्यक रहेको उनीहरूको सुझाव थियो।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, ६ जना घाइते

     ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

कांग्रेस आधिकारिकता विवाद सर्बोच्चको पूर्ण इजलासमा

    नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर...

यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...