कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नगर्ने अडान लिएका छन् । ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएका थिए । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका थिए ।

‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन,कार्कीले अडान लिएका थिए । ओलीले भने नयाँ कोर्समा जान बाटो खुला गरिदिन आग्रह गरेका थिए । दुवै जनाले आ–आफ्नै कुरा राख्ने जस्तो मात्र भयो, थप फेरि बस्ने भनिएको छ,’स्रोतले भन्यो । आज फेरि बस्ने भनिए पनि समय टुंगो लागेको छैन ।

कार्कीलाई राजीनामा गर्न र नयाँ मुख्यमन्त्री बनाउने बाटो खुला गरिदिन ओलीले यसअघि पनि गुण्डु बोलाएर निर्देशन दिएका थिए । तर कार्की तयार भएनन् । पूर्वमुख्यमन्त्री शेरधन राईलाई यही प्रयोजनका निम्ति विराटनगर पठाइएको थियो । तर राईसँग पनि कार्कीले आफ्नो अडान छोडेनन् । यसपछि विराटनगरमा प्रदेश सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ ।

 मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) बमोजिम आफू मुख्यमन्त्री नियुक्त भएकाले राजीनामा दिदा संवैधानिक जटिलता आउने र राजनीतिक सन्देश पनि राम्रो सन्देश नजाने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...